Rule 5
कानून बमोजिम हुने नियुक्तिको प्रमाणीकरण कानून बमोजिम हुने नियुक्तिको प्रमाणीकरण

(१) ऐनमा लेखिएदेखि बाहेक प्रचलित कानून बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्बाट हुने नियुक्तिको प्रमाणीकरण मुख्य सचिवबाट हुनेछ ।
(२) उपनियम (१) बमोजिम भएको प्रमाणीकरणको आधारमा नेपाल सरकारको विभिन्न सेवाको राजपत्रांकित विशिष्ट श्रेणी वा सो सरह वा सोभन्दा माथिको पदको नियुक्ति भए मुख्य सचिव आफैले वा निजले तोकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवले सम्बन्धित व्यक्तिलाई नियुक्ति पत्र दिनेछ ।
(३) उपनियम (२) मा लेखिएदेखि बाहेक अन्य पदको नियुक्ति भए मुख्य सचिवले उपनियम (१) बमोजिम भएको प्रमाणीकरणको प्रतिलिपि सम्बन्धित मन्त्रालयमा पठाउने छ र त्यस्तो मन्त्रालयको सचिवले सम्बन्धित व्यक्तिलाई नियुक्ति पत्र दिनेछ ।
(४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै मन्त्रालय अन्तर्गत रहेका वा सोसँग सम्बन्धित संगठित संस्थाका पदाधिकारीको नियुक्ति भए उपनियम (३) बमोजिमको कार्यविधि पूरा गरी सम्बन्धित मन्त्रालयको सचिवले सम्बन्धित
व्यक्तिलाई नियुक्तिपत्र दिनेछ । तर नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्तिपत्र मुख्य सचिव आफैले दिनु पर्नेछ ।